निःशुल्क स्वास्थ्य शिविर तथा राहत वितरण

काठमाडौं । नेपाल पाकिस्तान मैत्री तथा संस्कृति संघ र पाकिस्तान दूतावासको संयुक्त आयोजनामा धोविघाट, बल्खु, कालिमाटी, बबरमहल, ललितपुर, धुलिखेल र पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

कोरोना कोभिड १९ मा मर्का परेका केही व्यक्तिहरुको लागि राहतका स्वरुप दैनिक ज्यालादारी काम गर्ने निमुखा गरिबहरुलाई चामल, दाल, तेल, साबुनहरु आदि निःशुल्क वितरण गरिएको थियो ।

सो सामग्रीहरु वितरण कार्यक्रममा पाकिस्तानका राजदूत महामहिम शायद हैदर शाह, मैत्रीसंघका अध्यक्ष हिमालय शम्शेर राणा र संघका महासचिव डा. मञ्जुरत्न शाक्यको संयुक्त रुपमा ती सामग्रीहरु वितरण गरिएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *